आजदेखि चिडियाखाना खुला

काठमाडौं २५ मंसिर २०७७ ।

सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको ललितपुरको जावलाखेल स्थित चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो ।

“नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै चिडियाखाना खोल्न लागेका हौँ,” चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले भने । चिडियाखाना भ्रमणमा आउँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । थप सुरक्षाका लागि चिडियाखानाकै ढोकामा ज्वरो नाप्ने थर्मल गन र सेनिटाइजर मेसिनको व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया