आजदेखि देशभर एचपीभी खोप अभियान

काठमाडौँ २२ माघ २०८१

पाठेघरको मुखको क्यान्सरविरुद्ध सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ ।
अभियानमा १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ । यस्का लागि १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ ।
यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । खोप विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै लगाउन पाउने छन् भने विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप निशुल्क लगाउन सक्ने छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया