आजबाट ग्रीन डेभलपमेन्ट बैंकको साधारण सेयर बिक्रि खुल्ला

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ २३ जेठ .

ग्रीन डेभलपमेन्ट बैंकले आजबाट  सर्वसाधारणका लागी साधारण शेयर बिक्रि खुल्ला गर्दैछ ।  प्रति कित्ता १ सय रुपैयाँका दरले कुल ४ लाख ५० हजार साधारण शेयर बैंकले निष्काशन गर्न लागेको हो। बैंकले  निष्काशन गर्न लागेको ४ लाख ५० हजार कित्ता शेयर मध्य ९ हजार कित्ता शेयर कर्मचारीका लागी तथा २२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुका लागी छुट्याएको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले दिएको जानकारी अनुसार जेठ २३ देखि निष्काशन खुला हुने शेयर छिटोमा जेठ २६ गते तथा ढिलोमा असार ५ गते निष्काशन बन्द हुने छ। इच्छुक लगानीकर्ताले कम्तिमा ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागी आवेदन दिन सक्ने एनआइबिएल क्यापिटलले जनाएको छ। बागलुङमा मुख्य कार्यालय रही ३ जिल्लामा (बाग्लुङ, म्याग्दी र कास्की) सेवा दिंदै आएको बैंकले चुक्ता पुंजी १० करोड पुर्याउनका लागी साधारण शेयर निष्काशन गर्न लागेको हो। बैंकको हालको चुक्ता पुंजी ५ करोड ५० लाख रुपैंया रहेको छ। साधारण शेयर वितरणपछी बैंकमा शेयर स्वामित्व संस्थापक ५५ प्रतिशत र साधारण ४५ प्रतिशत हुनेछ भने चुक्ता पुंजी १० करोड रुपैयाँ पुग्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया