आज थपिएका २०१ जना कोरोनाका विमारी कहाँ-कहाँका हुन् ? हेर्नुस विवरण

काठमाण्डौ २१ जेष्ठ, २०७७

पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य  मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । तीमध्ये २७८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको जानकारी दिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया