आज थपिएका २८८ जना कोरोनाका विमारी कहाँ-कहाँका हुन् ? हेर्नुस विवरण

काठमाण्डौ २०जेष्ठ, २०७७
नेपालमा आज एकैदिन २८८ जना कोरोनाका विमारी थपिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रबक्क्ता डा विकास देबकोटाले नियमित ब्रिफिङमा जानकारी दिए । विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा जनामा २८८ कोरोना पुष्टि भएको हो । यो एकैदिन संक्रमण देखिएका हालसम्म कै उच्च संख्या हो । आज संक्रमित भएका मध्ये सबै भन्दा बढी ७४ जना रौतहटका रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए।

यससँगै नेपालमा कोरोनाका कुल २०९९ विमारी पुगेका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाको ज्यान गइसकेका छन् । हालसम्म २५६ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया