२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १९
|
10.8k views

ललितपुर । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी पनि प्रतितोला २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुनको मूल्य २ लाख ३८ हजार ३०० रुपैयाँ कायम थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको हो । मंगलबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर २ हजार ९ सय ९० रुपैयाँका कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया