२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १९
|
11.8k views

ललितपुर । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ९०० रुपैयाँले घटेको छ । जसअनुसार शुक्रबार छापावाला सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । विहीबार भने सुन २ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदविक्री भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार भने चाँदीको मुल्य ३ हजार ६ सय २५ रुपैयाँ कायम थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया