आज पनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत ६, २०८१ । नेपाली बजारमा सुनको मूल्य उकालो लागि रहेको छ । हिजो (मंगलबार)को तुलनामा आज पुन सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँ थियो । पछिल्ला दुई दिनदेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया