|
|
२०८२ पुष २२
15.2k views
ललितपुर । आज डलरको मूल्य बढेसँगै नेपाली बजारमा सुन र चाँदीको मूल्य समेत बढेको छ । सोमबार तोलामा ४ हजार ६०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि बढेको छ । आज सुन तोलामा ३ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छ । सोमबार भने सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ९५ रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा खरिदविक्री भएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया