आज भेटिएका १८९ कोरोनाका विमारी कहाँ-कहाँका हुन् ? हेर्नुस विवरण

काठमाण्डौ १७ जेष्ठ २०७७

नेपालमा एकैदीन आज सम्मकै धेरै कोरोनाका विमारी पुष्टि भएका छन् । वितेको २४ घण्टा भित्र नेपालमा १८९ जना कोरोनाका विमारी पुष्ठि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्क्ता डा विकास देबकोटाले नियमित ब्रिफिङमा बताए । उनका अनुसार आज भेटिएका कोरोनाका विमारी समेत गर्दा नेपालमा १४०१ जना कुल विमारी पुगेका छन् । आज भेटिएका मध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ७७ जना रहेका छन् । यस्तै धनुषका ७, झापा १, ललितपुकार १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् ।

विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।

कोरोनाका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

हालसम्म ५३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया