आज २५ अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक

काठमाडौं, फागुन २५, २०८१ । लामो समयदेखि बैकिङ्ग प्रणालीमा अधिक तरताल कायमै देखिएको छ । यस्तो अधिक तरलता व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

यसै अनुरुप आज (फागुन २५ गते आइतबार) नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल आज दिउँसो ३ बजे हुने केन्द्रीय बैंकले जनाएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसरी गरिने निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउनेछन् । संकलन गरिएको निक्षेपको साँवा र ब्याज आगामी चैत्र १७ गते भुक्तानी गरिने केन्द्रीय बैकले जनाएको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया