आज २६२ औं सेना दिवस

काठमाडौं १५ फागुन, २०८१ । आज (बुधबार) काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा २६२ औं सेना दिवस विशेष कार्यक्रमका साथ भव्य रुपमा मनाइएको छ। हरेक वर्ष महाशिवरात्रिको दिनमै मनाइने सेना दिवस यस वर्ष पनि मनाइएको हो ।
सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिता रह्यो । हाल पौडेल नेपाली सेनाको परमाधिपतिसमेत हुन्। विशेष समारोहमा केपी शर्मा ओलीको पनि उपस्थिति थियो । अन्य उच्च पदस्थ व्यक्तित्वहरूको समेत सहभागिता रहेको समारोह भव्यताका साथ मनाइँदै छ ।
विगतदेखि नै नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्। आजको दिन नेपाली सेनाको वार्षिकोत्सव हो । सन् १९५८ देखि संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता प्रारम्भ भएको थियो। सो अवसरमा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका छ जना पूर्वस्थल सेनाध्यक्ष मंगलबार नै नेपाल आइसकेका छन् ।
दुई दशक अगाडिदेखि नै नेपाली सेनाले महाशिवरात्रिका दिन काठमाडौंको टुँडिखेलमा भव्य समारोहका बीच सेना दिवस मनाउँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया