आतिशीद्वारा दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा


काठमाडौं २७ माघ २०८१ । विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । आम आदमी पार्टी (आप) की नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । त्रिचालीस वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्रीको रूपमा कार्यरत थिएन् । अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उनी मुख्यमन्त्री बनेकी थिइन् ।

उनी सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन् । दिल्ली विधानसभा चुनावमा आप (आम आदमी पार्टी) ले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट मात्र जित्न सकेको छ । आम आदमी पार्टीलाई सत्ताच्यूत गरेर २७ वर्षपछि राष्ट्रिय राजधानीमा सत्तामा फर्किएको भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ । आतिशीले कडा प्रतिस्पर्धापछि कालकाजीमा जितेकी थिइन् । उनले भाजपाका रमेश बिधुडीलाई तीन हजार ५२१ मतको अन्तरले पराजित गरेकी हुन् । 

विशेष गरी पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियासहित पार्टीका धेरै शीर्ष नेताले आफ्नो निर्वाचन क्षेत्रहरू गुमाएको बेला कालकाजी निर्वाचन क्षेत्रमा आतिशीको जित आपका लागि विशेष छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया