आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपिओ आँउदै
काठमाण्डौ १९ साउन २०७८ ।
घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।
ल्घुवित्तले निष्काशन गर्नुपर्नेे १,८०,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरेको छ।.
फेसबुकबाट तपाईको प्रतिक्रिया