आधा दर्जन जीवन बिमा कम्पनीलाई कारोबार अनुमति, दशैअघि कस-कसले सुरु गर्दैछन् व्यवसाय ?

बिजनेसपाटी ६ अशोज

युनियन लाइफ इन्स्योरेन्सले बिमा समितिबाट असोज ५ गते कारोबार संचालनको लागि अन्तिम स्वीकृती पाएपछि आज शुक्रबारबाट  औपचारिक रुपमा कारोबार शुरु गर्ने भएको छ।

यस कम्पनीको अध्यक्षमा शाहिल अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल सञ्चालक रहेका छन्। कम्पनीको चुक्ता पुंजी २ अर्ब  रहेको छ भने प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहेका छन। यस कम्पनीमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, तिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगाएतको लगानी रहेको छ।

गत शुक्रबार संचालनको अनुमती पाएको सन लाइफ इन्स्योरेन्सले पनि आजै देखि कारोबारको सुरुवात गर्ने भएको छ।  कर्पोरेट कार्यलय कमलादीमा एक कार्यक्रमको आयोजना गरी कारोबारको औपचारिक सुरुवात हुने बताइएको छ।  सन लाइफ इन्स्योरेन्समा अध्यक्षमा अनुज कायल छन भने महाप्रबन्धकमा कमलराज गौतम छन।

तेस्तै असोज ८ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गर्ने तयारी स्टार लाईफ इन्स्योरेन्सको छ। बिमा समितिबाट संचालनको अनुमति पाएका सन लाईफ, ज्योति लाईफ, रिलायवल लाईफले पनि निकट भविष्यमा नै औपचारिक कारोबार शुभारम्भ गर्ने तयारीमा  छन। सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सले लाइसेन्स पाएपनि व्यवसाय संचालन गर्ने अनुमति लिएका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया