आफ्नाबाटै अस्मिताको लुट हुन्छ यहाँ (गजल )

 

आफ्नाबाटै अस्मिताको लुट हुन्छ यहाँ

जसले जे जे गरे पनि छुट हुन्छ यहाँ

 

काम कुरो एकातीर कुम्लो बोकी ठिमितिर

चर्का भासण बाजी मत्रै अटुट हुन्छ यहाँ

 

सेवा भाव धेरै पर मत्रै दुनो सोझ्यौने

फाइदा मिले सत्रु मित्रु एक्जुट हुन्छ यहाँ

 

तिमि जुध छिमेकिले ताली बजाउछन

लुत्छ गबार भाइ भाइको फुट हुन्छ यहाँ

 

पहिला जस्तो मौका पाउनै पर्छ भन्ने छैन

तिमिले सोच्दै नसोचेको कर्तुत हुन्छ यहाँ

  सुमित्रा चौलागाईं  ढकाल 

फेसबुकबाट तपाईको प्रतिक्रिया