आयमका गुराँसहरू

– वैरागी जेठा

लुङ्ग्रीका चिहानमा लडिएका युद्ध हुन्
खारामा उठेको वारुदका धूवाँहरू हुन्
आयमका गुराँसहरू अन्यौल छन्
हाम्रा स्पाती मैदानहरू स्पष्ट
बोल्न सकिरहेका छैनन्
आयमका सपनाहरू
जसले उनको बिँडो थाप्नु थियो
थाप्न नसकेर बाटोमा बरालिएर
आफ्नो अस्तित्व
आकाशमा उडिरहेको चङ्गा झैँ चेट भएपछि
कसरी उनको सपना फुल्ने छ
राता गुँरासझैँ
आयमको मृत्युले ल्याएको
इच्छाहरू ,प्रबन्धहीन यात्रा हिँडिरहेछ

bairagi-kआजित छु
नीतिका संस्कारहरूबाट
आँखाहरू लोलाउँछन्
लेकमा फुलिरहेका फूलहरूका
दुःखमा कसरी हाँसौ
झुटबोलेर
नैतिकता हीन गराउन सकिन्न
त्यसकारण
आयमका विचार ठुङ्गराएर
साम्यवादको परिकल्पना गर्न सकिन्न
कालीमयलहरू भन्थे
मान्छेहरू हामीमा आगो किन लगाउँछन् ?
म झस्केँ
उनका कुराहरूले
जङ्गली जनावर भन्दा
मान्छेका चरित्रहरूसँग डरलाग्न थालेको छ
रातो हावा वहन छोडेको छ
विसङ्गतिका पहाडमा
यतिबेला
हामी रुमलीएकाछौँ
क्रान्तिको प्यासमा
नैतिकतामा पिल्सिएर
परिवर्तनको मृत्यु भएको छ
आयमका
गुँरासहरूका ।

प्रकाशित मिति २०७३-१२-२४

फेसबुकबाट तपाईको प्रतिक्रिया