आयल निगमका प्रबन्ध निर्देशक खड्का बर्खास्त

काठमाडौं २ अशोज ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई सरकारले बर्खास्त गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो । पेट्रामेलियम आपूर्तिमा सहज व्यवस्थापन गर्न नसेको, निगम भित्र गुटबन्दी गरेको जस्ता आरोपमा उनलाई पदत्युत गरिएको हो । यसैगरी आयल निगम भित्रको अनियमितता तथा पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा आर्थिक हिनामिना गरेको विषय पनि मन्त्रिपरिषद्को बैंठमा उठेको स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया