आयल निगमलाई बूढीगण्डकीको २५ प्रतिशत शेयर चाहियो

काठमाडौं,२० माघ  ।

नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत शेयर माग गरेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

उसले ासिक ७० ८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकी संस्थागत शेयर माग गरेको जनाएको छ ।
निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएको बताए ।

उनले भने, दस बर्षको अवधिमा आयोजनाको लागतको करिब ५० प्रतिशत रकमको जोहो निगमले नै गर्न सक्छ । यही आधारमा निगमलाई पनि शेयर दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया