आयल निगमले हलेसीमा धर्मशाला निर्माण गर्ने

बिजनेसपाटी १३ पौष ।
नेपाल आयल निगमले विगत बर्षहरुमा झै यस बर्ष पनि आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत हलेसीमा धर्मशाला निर्माण गर्ने भएको छ ।
निगमले धार्मिक पर्यटन अभिबृद्धि गर्ने उदेश्यले नेपाल भ्रमण बर्ष २०२० को सन्र्दभमा पूर्वका पशुपतीनाथ भनेर प्रख्यात हलेसी महादेब परिसर गुराँसेमा ५ करोड लगानीमा देशकै नमुना धर्मशाला निर्माण गर्ने भएको हो । हलेसी तुवाचुङ नगरपालिकासँग सम्झौता गरी थालनी गरिएको यस अभियानको शिलान्यास निगम आधिकारिक टे«ड युनियनका अध्यक्ष एवं निगम सञ्चालक समितिका सदस्य देबी प्रसाद न्यौपाने र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राइले विदिवशीय वैदिक विधिसम्मत कार्य पश्चात ०७३ मार्ग २३ गते एक समारोहबीच गर्नुभयो । दुई बर्षमा सम्पन्न गर्ने लक्ष्यसाथ शिलान्यास गरिएको सो धर्मशाला २० रोपनीमा बन्ने र २०० जना दर्शनार्थी भक्तजनहरु अट्न सन्ने अध्यक्ष न्यौपानेले बताए । नेपालकै हालसम्मको सुविधासम्पन्न बन्ने सो धर्मशालामा गार्डेन, पार्किङ ध्यान केन्द्र समेत रहनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया