आयुर्वेदका प्रर्वत्तक धन्वन्तरि (सन्र्दभ धन्वन्तरि दिवस)

डा. रमेश मिश्र

कार्तिक कृष्णपक्ष त्रयोदशीको दिन आज आयुर्वेदको प्रवर्तक भगवान धन्वन्तरिको जयन्ती आजको दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्वन्धीत अन्य संघ संस्था अस्पताल, चिकित्सालयमा भगवान धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सवै रोगी र अन्य व्यक्तिको दिर्घायु सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवशको रुपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नु पर्छ किनकी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अधिकांश देशहरमा यस दिनलाई धनतेरसको रुपमा मनाइन्छ जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो ।

dhanwantriयस दिन घर घरमा सरसफाई गरी नयाँ भाडा किन्ने प्रचलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवता वहाँको उत्पत्तिको बारेमा विभिन्न मतहरु छन् । आयुर्वेदको प्रथम प्रचारक र प्रसारक आदि देव भगवान धन्वन्तरि निर्विवाद रुपले यसको प्रवर्तक रुपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यहरुमा दृष्टी गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्व प्रथम उल्लेख वैदिक कालमा समुद्र मन्थनको बेला अमृत कलश धारण गरेको देवताको रुपमा प्राप्त हुन्छ । हातमा अमृत कलश धारण गरेको कारण उनलाई पियुषपाणि धन्वन्तरि पनि भनिन्छ । यसको अतिरिक्त प्राचीन ग्रन्थहरुबाट प्राप्त विवरणहरुको अनुसार काशीको राजाहरुको वंश परम्परामा राजा दीर्घ तपा अथवा राजा धन्वको पुत्रको रुपमा पनि धन्वन्तरि सिद्ध हुन्छन् ।
विभिन्न पुराणहरु जस्तै भागवत पुराण, हरिवंश पुराण एवं व्रह्माण्ड पुराणमा वर्णन गरिएका कथाहरु र प्राचीन ग्रन्थहरुमा चर्चित चिकित्सा विशेषज्ञहरुमा मुख्यत छ उल्लेखित छन् । धन्वन्तरि काशिराज, दिवोदास, अश्विनी कुमार, नकुल र सहदेव यी चिकित्सा विशेषज्ञहरुमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरुको अनुसार काशीराज धन्वको पत्र प्राप्तिको लागि दीर्घकालीन तप गरे र दीर्घ तपा वहालाई भनियो । आफ्नो दीर्घकालीन तपस्याको परिणाम रुपमा दीर्घतपाले समस्त रोगहरुको नाश गर्ने देव धन्वन्तरीलाई पुत्र रुपमा प्राप्त गरे । दिर्घतपाको पुत्र धन्वन्तरि आयुर्वेदको प्रवर्तक, यज्ञ भागको अधिकारी एवं विष्णुको अवतार थिए । वहाँलाई अनिमा महिमा सहित आठवटै सिद्दीहरु प्राप्त थियो तथा वहाँको स्मरण मात्रले रोगहरको नाश हुन्थ्यो । दिवोदास धन्वन्तरि भीम रथको पुत्र र महाराज दशरथको समकालीन थिए । उनको पुत्र वेदर्षि प्रवर्दनको नामोउल्लेख मर्यादा पुरुषोत्तम श्री रामको राज्यभिषेकको बेला उपस्थित राजाहरुमा काशीराज प्रतद्र्धनको रुपमा पनि पाइन्छ । प्रतद्र्धनको पिता दिवोदासलाई आदि धन्वन्तरिको अवतार पनि मानिन्छ । दिवोदासले नै विश्वमित्र पुत्र सुश्रुत सहित आठ शिष्यहरुलाई उपदेशित गर्दै भनेका थिए म नै आदि देव धन्वन्तरि हुँ र समुद्र मन्थनको बेला अलिर्भूत धन्वन्तरि पनि म नै हुँ । देवासुर संग्रामको कारण भूमण्डलमा आयुर्वेदको प्रचार प्रचार गर्न नसक्नुको कारण नै मलाई फेरि अवतरित हुनुप¥यो । वहाँले भनेका थिए महर्षि सुश्रुतले आफ्नो ग्रन्थ सुश्रुत सहितामा यस तथ्यलाई अभिव्यजित गर्दै लेखेका छन् ।
अयं हि धन्वन्तरिरादिदेवों
जन्मजरा मृत्युहरो मराणाम् ।
शल्यांगमंगे परेरुपेतः प्राप्तो
हिमगां भूय इहोपदिपटुम ।।
अर्थात् देवहरुको जन्म, जरा र मृत्युको नाश गर्ने देवहरुलाई अमरत्व प्रदान गर्ने म नै आदि देव धन्वन्तरि हुँ । म अन्य अरु (सात) बाट युक्त तथा शल्य तन्त्र प्रधान आयुर्वेदको उपदेश दिनको लागि पुनः यस पृथ्वीमा आएको छु । विभिन्न ग्रन्थ पुराणहरु तथा सहिताबाट प्राप्त विवरण अनुसार यो सिद्द हुन्छ कि समुद्र मन्थनको बेला भगवान धन्वन्तरिको आविभार्व भगवान विष्णुको अंशको रुपमा भएको थियो तथा वहाँ आफ्नो हातमा श्वेतकलश धारण गरेर अवतरित भएका थिए । आग्नेय पुराणमा समुद्र मन्थनमा अवतरित भगवान धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तकको रुपमा उल्लेख गरिएको छ । मिलिन्द प्रश्न नामक एउटा पालि ग्रन्थमा दोश्रो शताव्दी इ. पूर्वमा मिलिन्दको प्रति नाग सेनको उक्तिमा चिकित्सकानां पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएका आचार्यहरुमा धन्वन्तरिको नाम उल्लेख छ । त्यसमा रोगोत्पत्ति, निदान, स्वभाल, समुत्थान तथा चिकित्सा आदिमा आचर्यारुपमा चर्चा भएको नागसेन आफुभन्दा पूर्व नै आचार्य धन्वन्तरिको उल्लेख गर्नाले धन्वन्तरिको सार्वभौतिकता सिद्ध हुन्छ । चिकित्स विज्ञानको जनक र आयुर्वेदको प्रवर्तकको रुपमा धन्वन्तरिले औषधि विज्ञानलाई स्पष्ट र नवीन दिशा प्रदान गरे ।

जिल्ला आयुर्वेद स्वाथ्य केन्द्र, ललितपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया