आयोजना प्रभावितका लागि युनाइटेड मोदी हाइड्रोको आइपिओ आउने
बिजनेसपाटी १८ भदौ
आगामी भदौ २६ बाट युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । नाइटेड मोदीले आयोजना प्रभावित क्षेत्र पर्वत जिल्लाका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयरमा न्युनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने छ । आवेदन फाराम युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड कुश्मा, देवः विकास बैंकको कार्यालय कुश्मा र फलेबास पर्वतमा पाइने जनाइएको छ । शेयरको लागि आवेदन भदौ २६ गतेबाट छिटोमा असोज ९ र ढिलोमा असोज ३० गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया