आरम्भ माइक्रोफाइनान्सको आइपिओ बिक्री खुला

बिजनेसपाटी १५ फागुन ।
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आजबाट आइपिओ बिक्री खुला गरेको छ । माइक्रोफाइनान्सले एक सय अंकित दरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको हो । अर्थात माइक्रोफाइनान्सले जारी पुँजीको ४९ प्रतिशत आइपिओ बिक्री गर्न लागेको हो ।
फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म आइपिओमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
माइक्रोफाइनान्सले निष्कासन गरेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । त्यो बाहेक २ लाख ७० हजार ४८० कित्ता भने सर्वसाधारण नागरिकलाई बिक्री गर्न लागिएको हो ।

आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ ।
आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ । । माइक्रोफाइनान्सले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया