आर्थिक पत्रकारलाई नेपाल लाइफ इन्स्योरेन्सको निशुल्क बिमा योजना

 काठमाडौं २१ बैशाख,।

आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्सले ‘स्मार्ट जीवन बिमा’ योजना सुरु गरेको छ ।

सबै नागरिकले यो योजनामा  दैनिक १० रुपैयाँ लगानी गरेर १० लाख रुपैयाँ सम्मको सुरक्षा पाउन सक्छन् । यो योजना सञ्चालन पछि हरेक तह र तप्काका व्यक्तिलाई बिमाको दायरामा ल्याउन सकिने कम्पनीले विश्वास गरेको छ ।
सेजनमा आबद्ध पत्रकार यदी दुर्घटनामा परि सदाको लागि शारिरीक रुपमा अशक्त भएमा उसले १ सय २० किस्तामा २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने र यस्तो किस्ता भुक्तानी १० वर्ष सम्म गरिने बिज्ञप्तिमा छ ।

२५४ जना आर्थिक पत्रकारको लागि ल्याएको यस योजनामा कम्पनीले लभभग १९ करोडको दायित्व बहन गरिदिन्छ । बार्षिक रुपमा नविकरण गर्दा पत्रकार पहिलो पकट आबद्ध हुँदाको उमेरलाई नै आधार मानेर बिमा सुविधा दिने कम्पनीले जनाएको छ ।  कम्पनीले यही योजना आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध २ सय ५४ जनालाई निशुल्क प्रदान गर्ने भएको छ । एक वर्षे अवधिको यो योजनामा सहभागी हुने पत्रकारको मृत्यु भएमा उसको परिवारले २ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउनेछ । यदी दुर्घटनामा परि मृत्यु भएमा भने उसको परिवारलाई कम्पनीले थप २ लाख ५० हजार सहित ५ लाख रुपैयाँ प्रदान गर्नेछ । 

अग्रणी कम्पनीको नाताले मुलुकमा बीमा जागरणको सामाजिक उत्तरदायित्व समेत रहकोले जीवन बीमा मार्फत सामाजिक सुरक्षाको सकारात्मक सन्देश प्रदान गर्न यस प्रयासले सघाऊ पुर्याउने बिश्वास कम्पनीले लिएको छ  ।

life

फेसबुकबाट तपाईको प्रतिक्रिया