आर्थिक पत्रकार न्यौपानेको निधन
२० कात्तिक, काठमाडौं ।
आर्थिक पत्रकार एबम कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको उपचारका क्रममा निधन भएको छ । झण्डै एक बर्षदेखि स्नायुप्रणाली सम्बन्धी रोगका कारण उपचार गराइरहेका न्यौपानेको शनिवार साँझ ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी बिगत एक बर्षदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका थिए ।
उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेका बेला बिजया दशमीको दिन एक्कासी बेहोस भएर ढलेका थिए । त्यसपछि पुनः मेदान्त लगिएका न्यौपानेलाई अस्पतालले नेपालमा उपचार गराउनु भन्दै फिर्ता गरिदिएको थियो ।
आर्थिक पत्रकारितमा लामो समय क्रियाशिल न्यौपाने कारोबार दैनिकका पूर्व सम्पादक समेत हुन् । कान्तिपुर दैनिकमा लामो समय आर्थिक पत्रकारिता गरेका उनले त्यहाँ बिजनेसब्युरो प्रमुख र चिफ रिपोर्टर भएर काम गरेका थिए । पत्रकार न्यौपानेको निधनमा बिजनेसपाटी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया