आर्थिक सम्भावना बोकेको सुगन्धित जडिबुटी, क्यामोमाइल र लेमनग्रास

धनबहादुर मगर
विजनेश पाटी, काठमाडौं २९ फागुन
कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्धारा आयोजित अवलोकन भ्रमणको तेस्रो दिन २३ गते आयोजना प्रमुख तथा पत्रकारहरुको अध्ययन अवलोकन भ्रमणमा सल्र्लाह जिल्लाको हरिवन स्थित जानकी सामुदायिक वनको केही भु–भागमा व्यवसायिक रुपमा विभिन्न जडिवुटी लगायत वनस्पतिको उत्पादन भएको छ । सुगन्धित जडिवुटी जन्य खेती स्थानिय कृषकहरु सँग मिलेर ४ हेक्टर जमिनमा खेती गरिएको कृषि वन तथा वातावरण संरक्षण समाज लालवन्दी सर्लाहीका अध्यक्ष सीताराम दाहालले बताए ।
उक्त खेतीबाट किसानहरुलाई आयआर्जनमा अन्य व्यवसायिक खेतीको तुलनामा यो खेतीबाट बढि आम्दानी भैरहेको किसानहरुले बताए ।
अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने र निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए । सामुदायिक वन विद्युतका हाईटेन्सन टावर र किसानहरुको आफ्नो जमिनमा पनि यसको खेती गर्दा प्रतिकट्टा स्रोह हजार लागत लगाई ४० हजार आम्दानी गर्न सकिने हुँदा किसानहरुले सोेचेको भन्दा बढि फाईदा लिने गरेका छन् ।
कार्तिकमा यसको बिउँ छर्ने र वैशाख र जेठसम्म यसको उत्पादन ३ पटक सम्म लिन सकिने र यो खेतीको लागी खासै धेरै मिहिनेत गर्न नपर्ने छरीसकेपछि यसलाई अरुबाली जस्तो थन्काउनु नपर्ने र सुकाएर यसलाई प्रशोधन गरी उत्पादन लाई बजारमा सोझै लान सकिने उनले वताए ।

२०४१ साल देखी नेपालमा कुरीलो खेतीबाट जडिबुटी खेती व्यवसायमा लागेका दाहालले कुरीलो खेतीबाट आफूहरु ठगिएपछि क्यामोमाइल, लेमनग्रास, सिटोनेला, पामरोजा, तुलसी र मेन्था लगायतका जडिवुटीहरु लगाएको वताए । लेमन ग्रास र सिटोनेला लाई १ पटक लगाएपछि ६ वर्षसम्म त्यसको उत्पादन लिन सकिन्छ । त्यसैभित्रको ४ हेक्टर क्षेत्रफलमा ३६ सय काठजन्य र जडिवुटी जन्य बोटबिरुवाहरु र पशुहरुलाई आहारको लागी डालेघाँस हर्रो, बर्राै, रिठ्ठा लगायतका थुप्रै बोटबिरुवाहरु लगाएका छन् ।
नेपाल सरकारको वनस्पति विभागमा रहेको प्रयोगशालामा प्राविधिक कठीनाईका कारण ल्याव टेस्ट गर्न नसक्दा भारतको दिल्लीमा लगी ल्याव टेस्ट गर्नु पर्ने अवस्था रहेको र नेपालमै ल्याव टेष्ट गर्न सके त्यसबाट भरपुर फाइदा लिन सकिनुका साथै उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्न सकिने बताए । बिउँको प्रजाति अनुसार प्रतिकिलो ६ हजार देखी १० हजारसम्म पर्दछ । १ किलोग्राम तेलको मूल्य ४० हजार रुपैयाँमा बिक्री गर्न सकिने र यस प्रकारको जडिबुटी जन्य वनस्पतिको खेती गर्दा लागत प्रति कठ्ठा १६ हजार मात्र लाग्ने भई ५० प्रतिशत भन्दा बढी फाइदा लिन सकिेन किसानहरूले बताए ।
उक्त जडिवुटीका प्रशोधित तेलहरु उच्च स्तरको सुगन्धित वस्तु, औषधि, पेय पदार्थ कष्मेटीक सामाग्रीहरुमा समेत यसको प्रयोग हुने गरेको पाइन्छ । सामुदायिक वनका अध्यक्ष वेगबहादुर कोइरालाले बागमती सिँचाई आयोजनाको नहरबाट सिँचाईको व्यवस्थापन गरेको बताए ।
दाहालको अनुसार संस्थासँग प्रशोधन गर्ने कृषि विकास अनुसन्धान कोष हाल कृषि सूचना तथा प्रशिक्षण कन्द्रको अनुदान सहयोगमा प्रशोधन मेसिनहरु ल्याउन लागको बताए । हाल प्रशोधन मेशिन नभएको कारण जानकी जडिवुटी उद्योग सँग सम्झौता गरी काठमाडौँका ब्यापारीहरुले सिधै विक्रीका लागी लैजाने गरेका छन् ।
अबको १ महिना भित्रै कृषि सुचना तथा प्रशिक्षण केन्द्रको सहयोगमा आफ्नै उद्योग सञ्चालन हुने अध्यक्ष दाहालले बताए ।
समितिका कोषाध्यक्ष कविता थापाले पनि १२ कट्टा जमिनमा सिटोनेला नामक प्रजातिको वनस्पति लगाएको बताइन् । साथै उनले भनिन् खाद्य बालीको भन्दा बढी आम्दानी हुन थालेपछि तुलनात्मक रुपले खेती गर्ने किसानहरुको संख्यामा वृद्धि आएको पाईएको छ । गत वर्षबाटदेखि खेती शुरु भएको कारण यसले अझैपनि व्यवसायिक रुप लिन नसकेको भएपनि किसानहरुको आकर्षण वढ्दो रहेको छ ।
सरकारको जडिवुटी सम्वन्धी गलत नितिका कारण जडिवुटी उद्योगले ब्यवसायीक हुन नसकेको र निर्यातको सम्भावना हुदा हुदै पनि कठिनाई भएको अध्यक्ष दहालले बताए । कार्यक्रमको संयोजन कृषि सूचना तथा प्रशिक्षण केन्द्रका उप–सचिव डा.राजु घिमिरे र सह–संयोजन डा.लटनारायण शाहले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया