आवासीय चिकित्सकहरूले गरे काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा

काठमाडौँ २१ माघ २०८१ । विगत ६ दिनदेखि आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । नेपालका विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीयहरूको हकहितका लागि आवाज उठाउँदै आन्दोलन गर्दै आएको समितिले देशभरका डाक्टरहरूलाई माइतीघर मण्डलामा आएर आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।


समितिले देशैभरिका सम्पूर्ण इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनमा बोलाएको हो ।
समितिको नेतृत्वमा काठमाडौँमा माइतीघर मण्डलामा धर्ना दिनुका साथै आफू कार्यरत मेडिकल कलेजमा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले ओपीडी सेवा बहिस्कार गर्नुका साथै पेन डाउन गर्दै विरोध गर्दै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले गरेको तीन बुँदे निर्णय खारेज गर्नुपर्ने माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया