आशा लघुवित्तको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

काठमाडौं १७ पौष  ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर निष्कासन तथा कम्पनीको बिक्री प्रवन्धकमा प्रभु क्यापिटललाई  नियुक्त गरेको छ । आइतबार सम्झौतामा आशा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा-प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले ३ लाख कित्ता कित्ता ३ लाख कित्ता कित्ता शेयर निष्काशन गर्ने छ ।  कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीको आइपीओ पश्चात चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया