आस्तिक एकता र संघर्ष : विकासको बाधक
कालिदासबहादुर राउत क्षत्री
प्राचीन रितिरिवाज कतै शनातन रुपमा त कतै नवीनतम् रुपमा चल्दै आएको देखिन्छ –सुनिन्छ । पालनकर्ता , श्रृष्टिकर्ता र नाशकर्ता व्रम्हा, विष्णु र महेसलाई समग्रमा प्रकृति (देव) मानिन्छ । अंग्रेजीमा पनि जीओडी गडलाई जेनरेट, अप्रेटर र डिस्ट्रवाय भनिन्छ । वैज्ञानिकहरु पनि भगवान मान्छन् तर देख्ने–भेट्ने कोही छैनन् । मान्छेले कल्पना गरेर बनाएको भगवानहरु मात्रै भेटिन्छन् । देवहरुका पनि महादेव शिवलाई दक्षिण एसियामा मानव शरीर विज्ञानका देवताका रुपमा पुजा आराधना सताव्दियौ देखि गर्दै आएका छन् । शरीर स्वस्थ राख्ने आफ्नै वंश परम्परालाई विकसित गरी शिवले सत्ययुगमा “प्रणायाम” प्रथा चलाए । विभिन्न कालखण्डका ऋषिमुनीहरुले पनि अनुकरण गरेर दीर्घायु रहने अभ्यास गरे, हजार वर्षसम्म बाच्ने पनि कोही भए । शरीरको भित्री भागलाई प्रणायाम द्वारा र वाहिरी भागलाई योगा द्वारा स्वस्थता कायम राख्ने दीर्घायु रहनेप्रणाली स्थापना गरे । हाम्रै आर्यभूमिको सताव्दियौँ पुानो योगा प्रणालीलाई पछिल्लो कालखण्डमा इण्डियामा रामदेवले व्युँताए । त्यसैले यो कपालभाति, योग प्रणायामलाई “रामदेव” पनि भन्ने गर्छन् । यो विश्वव्यापि हुँदै गएको छ । नेपालमा पनि विगतमा मर्निङवाकको एक्सरसाइज थियो । अब मर्निङवाकको विकल्पमा प्रणायाम स्थापित हुँदै गएको छ । इण्डियामा रामदेव सिविरमा पुगेर सिकाउने सिपशिक्षा लिएर देशका अनेकन ठाउँहरुमा योगा शिविरहरु संचालित छन् । एउटा शिविरमा एकहजार भन्दा बढी मानिसहरु सहभागी हुने गरेका छन् । त्यसमा पनि महिला संख्या अधिक रहन्छन् । दासप्रथालाई समाप्त पार्ने अब्राहिम लिंकनले प्रतिवादन गरेको जनताद्वारा जताको निम्ति जनतालाई भन्ने सिद्धान्तको प्रजातान्त्रिक सिद्धान्तको राजनीति र सर्वहारा श्रमिकको मुक्तिदाता माक्र्सवादी सिद्धान्त विश्वप्रख्यात भए झै शिव प्रणायाम पनि विश्वव्यापी हुँदै छ ।
कालान्तरमा पुरानो प्रथा नै नयाँ बनेर उदाउँदा त्यसमा आकर्षणता पैदा हुन्छ । कार्लमाक्र्सको मुक्तिकामी सिद्धान्त र अव्राहिम लिंकनको भोटको राजनीतिमा नेपाली जनसमुदाय जागरुक हुँदा एक अर्कामा निषेधको राजनीति चल्थ्यो । सन् १९४९ मा माओको नेतृत्वमा चिनियाँ क्रान्ति सम्पन्न पश्चात वेइजिङ रेडियोबाट सबैले सुन्थे अमेरीकी साम्राज्यवाद कागजी बाघ हो भनेर, तदनुरुप हामी क्रान्तिकारीहरु पनि भन्थ्यौ यी पंच प्रशासक कागजी बाघ हुन्् भनेर । आफ्नो चाजोपाजो मिलाएर गरी खाएकाहरुलाई शोषक सामन्त भनेर शत्रुतापूर्ण व्यवहार गथ्र्यौ । कम्युनिष्ट पंक्तिकाले कांग्रेसलाई यथास्थितिवादी र पंचलाई सामन्ति अधिनायकवादी प्रतिकृयावादी देख्ने भन्ने । यिनले चाहिँ कम्युनिष्टलाई उग्रवादी अतिवादी भनेर खेदो गर्थे । अमेरिकालाई विश्व साम्राज्यवादको नाइके र भारतलाई विस्तारवादी भनेर नेपाली कम्युनिष्टहरु सत्तोश्राप गर्थे । नेपाली राजनीति आपूm आफूमा विनाशकारी रुझानमा परीरहेको बेला नेपाली कम्युनिष्ट राजनीतिका प्रवत्र्तक पुष्पलालले कांग्रेस कम्युनिष्ट मिलेर संयुक्त आन्दोलन नगर्दासम्म प्रजातन्त्र आउँदैन भन्ने सिद्धान्त लिएपछि २०४६ मा साकार भएपश्चात एमालेले त्यतिवेलाको दस्तावेजबाट विस्तारवादी शब्द हटायो –सच्यायो । २०४८ को आम चुनावमा दोश्रो ठुलो दल र ०५१ को चुनावमा सबैभन्दा ठुलो पार्टीमा स्थापित भयो । त्यसपछि लगत्तै माओवादीले हिसात्मक युद्ध चलायो । गैरकम्युनिष्ट पार्टीहरु धेरै भए जस्तै कम्युनिष्ट पार्टीहरु पनि धेरै छन् । साना ठुला पार्टीका रुपमा जुटफुटको क्रम चलाईरहे, अद्यपी माने भाडोमोह भएर सो क्रम जारी छ । कहाँवत नै छ कम्युनिष्टहरु काम गर्ने वेलामा मिलेर गर्छन् , उव्जाएको वाली स्याहारर्ने वेलामा खानेवेलामा चाहिँ आफू आफू मारामार गर्छन्, चुलै भत्काउँछन् । कांग्रेसलाई चाहिँ कुर्थि (गहत) लिाई मलिलो जग्गा नचाहिने जस्तै जहाँजस्तोमा पनि उर्वर भएकै हुन्छ । कांग्रेसमा कमरेड सम्बोधन चल्दैन । नजिकत्व फिल गराउने दाई भाई काका भाउजु बहिनी आदिको सम्बोधन संस्कृति चलाएर सद्भाव बढाएको छ । कम्युनिष्ट वृत्तमा राजनीतिक अन्तरविरोध प्रकटिकरण शैली निषेधात्मक भएर होला बोलवाल बन्द पानी बारबार मारामार हुने संघर्षकालिन कालखण्डमा निर्दलको ठाउँमा बहुदल र राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापना गरे तत्कालिन पुस्ताले त्यस्तो कठिनकालमा आआफ्नो पार्टीपंक्ति भित्र विवाहबारी नुहुँदा पार्टीमा अटाइन्न थियो, शत्रुपंक्तिमा परिन्थ्यो । उच्चशिक्षाको अभावमा र पार्टी स्विकृति वेगरेको विवाहबारीले कतिपयको पार्टी जीवन निरर्थक भएको दृष्टान्त छन् । त्यस्तो दुस्मनी वैमनस्यता चलेका पार्टीहरु वीच निरकुंशताका कारण एकजुट भएर संघर्षमा होमिएको विगत साक्षी छ । संघर्षकालिन समयमा एक अर्कामा हात मिलाउने संस्कृति थियो, अहिले मनाही छ, तथापी देखावटी रुपम कसै कसैले मिलाउँछन् । नमस्कार र चाकरी चाहिन्छ । त्यस्ता पात्र र कार्यकर्ताको मात्र गुन्जायस छ । नमस्कार श्रद्धाले कि स्वार्थमा गर्ने हो । श्रद्धाको नमस्कारमा आशक्त हुनैपर्दैन, स्वतः समपिर्तत हुन्छ । स्वार्थको नमस्कार कामकोवेला पुग्नेलेगर्छनै तर पछि देखे पनि नदेखे जस्तो गर्छ यो मानजन्य स्वभाव नै हो ।
तत्कालिन युवा अचेलका जेष्ठ नागरिक विगतका परिवर्तनकारी पुस्ता हुन । किनभने यिनकै पालामा पहिलो र दोश्रो विश्वयुद्ध भयो । यही पुस्ता युद्धमा सहभागी भयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि समर्पित भयो । आमूल परिवर्तनकारी वलिदानीपूर्ण संघर्ष गरयो अग्रता लियो । विश्वव्यापी बनेको कम्युनिष्ट दर्शनको प्रणेता कार्लमाम्र्स र एङगेस हुन् । कार्लमाक्र्स जर्मनका थिए, तर यो दर्शनको पहिलो प्रयोगकर्ता रुसी कम्युनिष्ट पार्टी थियो । सन् १९२१ मा महान लेनिनले मजदुरको अगुवाईमा सहरिया सशस्त्र विद्रोह गरेर रस्सामा सत्ता कव्जा गरेका थिए । नेपालमा भने सुकुम्वासी समस्या खतरनाक रुपमा विकराल बन्दै गएकोपरिप्रेक्ष्यमा भविष्यमा यिनकै कमाण्डमा अर्को क्रान्ति हुन्छ कि भन्ने तत्तवृत्तको कृयाकलापबाट आशंका बन्दै गएको छ । रुसमा क्रान्तिाक कम्यनिष्ट नेताहरुको अधिवेशन भैरहँदा एकले अर्कालाई ध्वस्त पार्ने विचार व्यक्त भैरहँदा एक महिला नेतृ रोजा लम्जमवर्ग विक्षिप्त हुँदै रुदै भनेकी थिइन–“कम्युनिष्ट पार्टीमा असल मान्छे मात्रै हुन्छन् भनेको त जर्मनी पार्लियामेन्ट भन्दा पनि गएगुज्रेको वुर्जुवाको जस्तो चरित्र पो हुँदो रहेछ ……… भन्दै बाहिरिदै गर्दा त्यतिवेला महान लेनिनले उनलाई सम्झाउदै भनेका थिए–“समाज विकासक्रमको यो विज्ञान सम्मत नियम हो , परिवर्तनको अनिवार्य नियम हो–“एकता संघर्ष र रुपान्तरण” विकासका निम्ति अप्ठ्यारा चुनौतिको सामना गर्नै पर्छ । अग्रगमनको निम्ति निर्ममतापूर्वक जुट्नै पर्छ । माक्र्सवादी दर्शनले निर्ममतापूर्वक संघर्ष गर भनेको छ । धार्मिक (आस्तिक) ढंगको संघर्ष र एकताले विकास हुन्न । नयाँ आधारमा नयाँ नयाँ संघर्ष र एकता कम्युनिष्ट पार्टीमा भैरहन्छ । मारिने र रोइरहनु पर्ने संघर्ष पनि भैरहन्छन् ।
महान लेनिनको नेतृत्वमा रसिएन समाजवादी क्रान्ति सम्पन्न भएको तीन वर्ष पछि महान् माओत्सेतुङको नेतृत्वमा चीनमा कम्युनिष्ट पार्टी स्थापना भयो र सो को २५ वर्षपछि सन् १९४९ अक्टोवर १ मा जनक्रान्ति सम्पन्न भयो । चीनमा कम्युनिष्ट शासन सत्ता स्थापना भएको ६७ औं वर्ष हुँदैछ । रुसमा लेनिनले मजदुरको अगुवाईमा क्रान्ति गरे भने चीनमा माओले किसानको अगुवाइमा क्रान्ति गरेका थिए । चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नै सेना हुनु विश्वमै पहिलो परिघटना थियो । सशस्त्र सेना सहितको पार्टी भएकोले नेता तथा कार्यकर्ताहरुबाट जनतामाथि ज्यादती हुन सक्ने आशंकाबाट माओले ३ “गर” र ५ “नगर” को ८ सूत्रीय सिद्धान्त प्रतिपादन गरेका थिए । जनताबाट लिएको सियो धागो पनि जस्ताको तस्तै फिर्ता गर भन्ने निर्देशन थियो । निरन्तर श्रम गर्न तथा आजीवन उत्पादनसँग जोडिन आमा जनतालाई एवं सम्पूर्ण कम्युनिष्टलाई माओले उत्प्रेरित गरी रहे । तर नेपालका कम्युनिष्ट एवं माओवादीले माओवादको व्यानरमा क्रान्तिमा होमिएता पनि उक्त ८ सूत्रीय सिद्धान्तको ठीक विपरितमा गएर जनता माथि ज्यादती गरेको जगजाहेरै छ । चीनमा क्रान्ति भएको डेढ दशक पछि प्रतिक्रान्तिकोे सट्टा पार्टी भित्र नोकरशाही दक्षिणपन्थि प्रवृत्ति हावी भयो ।
यसै वीच १९६६ मा माओले महान् छलाङ अभियान चलाए अर्थात् त्राशदीपूर्ण सर्वहारा सांस्कृतिक क्रान्ति चलाए । त्यतिवेला धेरै मानिस थुनिए, मारिए । यस्तो क्रान्ति एक दशक सम्म चल्यो । सन् १९५३ मा चीनमा पहिलो पन्चवर्षीय योजना लागु गरे, संसारकै पहिलो अभ्यास थियो । पंचवर्षीय विकास योजना प्रणाली चीनबाटै संसारले सिकी रहेछ ।चिनिया नागरिक एकजना पनि भोको–नाङगो नरहोस्, रोजगारी पाओस, शिक्षा पाओस भनेर सन् १९२७ मा आफ्नै नेतृत्वमा माओले रेभुलेसनरी आर्मी अफ वक्र्स एन्ड पिजन्टस नामक सेना गठन गरेका थिए, जो रेडआर्मी हुँदै अहिले पीएलए को नामले प्रख्यात छ । चिनियाँ क्रान्तिको उद्देश्यनुरुप चीनमा गगनचुम्बी महल, फराकिला सडक, देशभरि द्रुतगतिका रेल्वे सन्जाल, ससारभरि हवाई सम्बनध,विज्ञान प्रविधिको चमत्कारिक विकासले संसारै नतमस्तक छ । चीनको अठारौँ महाधिवेशनबाट सन् २०१२ मा पाँचौ पिढीका सीजिनपिङ राष्ट्रपतिमा र लि खचियाङ प्रधानमन्त्रीमा आएका छन् । चीन संसारकै सुपरपावरमा छ । क्रान्ति पश्चात रुस तत्कालिन सोभियत संघ अमेरिका सँग टक्कर लिने सुपरीमेसीमा थियो । जातीयताका कारणले संघ छिन्नभिन्न भएपश्चात राष्ट्रपति पुटिनको नेतृत्वमा पहिलीको जस्तै सुपर पावरमा पुग्ने रणनीतिका साथ रुस पनि अगाडि बढी रहेछ । यी दुवै शक्तिशाली कम्युनिष्ट देश विश्व राजनीतिक अग्रतामा छन् ।
प्रकाशित मिति २०७३-५-२८ गते
फेसबुकबाट तपाईको प्रतिक्रिया