आह्वान कवितामा सिद्धिचरण श्रेष्ठ

स्वयम्भू शाक्य

देश विकासको लागि हामी नेपालीहरू निद्राबाट उठ्नु पर्छ । विकासको काममा एकजूट भएर हामी सबै अघि बढ्नुपर्छ । तिमी बाटो खन्न,म बोटबिरुवा रोपेर हरियाली बनाउने छु । तिमी असारको गीत गाउँदै धान रोप,म कलकारखाना चलाउँदै हिँड्छु । त्यसैले हामी एकजूट भएर काम गर्नु छ । कमिला र माहुरीको शिक्षा लिएर देशलाई अगाडी बढाउँनु छ ।
हामी चुप लागेर बस्ने अल्छी स्वभावका मान्छे. होईनौं । हामी त शीप र जाँगर चलाई फेरी एकचोटी स्वर्णयुग बनाउन तलिनमा छौं । त्यसैले हामी कसैको बहकाउँमा होइन् आफ्नो बुद्धि र विवेकले चल्ने मान्छे हौँ ।
हामीले कतै भत्किएको छ भने बनाउँन सक्छौं । कतै धमिराले खाएका छन् भने फेर्न सक्छौं । आफ्नै शिप र पसिनाले दिनरात काम गरेर हामी स्वर्णयुग बनाउँन चाहन्छौं । कोही कसैसंग झगडा नगरी बुद्ध जन्मेको हाम्रो देशले शान्तिको सन्देश छर्न चाहन्छौं । त्यसैले हामीले युगलाई बढाउँनु छ । होइन भने हामीबाटै युग पछाडी परी भोलिका सन्ततीहरूले हामीलाई धिक्कार्ने छ ।
हामी हिँडे नेपाल हिँड्छ । हामी रोके नेपालको विकास रोक्छ । चम्क चम्क देशवासीहरू हौँ । दिनरात नभनी जुरू जुरू उठेर आजको साँझसम्ममा समृद्धिको काम सकेर सुन्दर, शान्त अनि विशाल नेपालको सन्देश विदेशमा पु¥याउँनु छ ।
आज देशले बल मागेको बेला युवाहरू उठ्नु पर्छ । देशले मत मागेको बेला सबैले आफ्नो धारणा दिनैपर्छ । मेरो देशको एकमुठ्ठी माटो पनि वीर युद्धाका लागि प्राण भन्दा प्यारो हुन्छ । देशको माया छ भने आपूmले गर्न सक्ने काम गर्नै पर्छ । होइन भने हामी वीर सपुतका सन्तान होइनौं । त्यसैले सबै नेपालीहरू एकजूट भएर देशको आह्वानमा हामी लाग्नै पर्छ ।
हामी बढे युग बढ्छ
हामी रुके युग रुक्छ
जुरू जुरू देश उठ्न
हाम्रो बल मागिरहेछ ।
यो कुरा सत्य हो । कुनै पनि काम गर्दा हामीले हेनुृपर्छ, सुन्नुपर्छ, जान्नुपर्छ अनि बुझ्नुपर्छ । नत्र त्यो महायज्ञको काम कसरी पूरा गर्न सकिन्छ । यो आँखाले हेरेको सबै कुराहरू सत्य नहुन सक्छ । यो कानले सुनेका सबै कुराहरू ठीक नहुन सक्छ । जान्नुपर्ने कुराहरू सबै नजानेको पनि हुन सक्छ । त्यसैले बुझ्नु पर्ने कुराहरू सबै बुझेर मात्र हामीले के गर्ने के नगर्ने भनी बुद्धि र विवेक लगाएर कामहरू गर्नुपर्छ ।
हो, समाजमा थुप्रै बाङ्गा टिङ्गो रीति रिवाजहरू चल्दै आएतापनि आजको युगमा ठीक छ ,छैन भनी हामीले छुट्याउनै पर्छ । हिजो देश, काल र परिस्थिति अनुसार ठीकै भए पनि आज सबै कुराहरू उचित नहुन सक्छ । हिजो दासप्रथा थियो । सत्यप्रथा थियो । जातभात अनि छुवाछुट प्रथा थियो । यो प्रथा मानव जीवनका लागि सबैभन्दा ठूलो कलकं हो । पीडादायी आत्माको चित्कार हो । त्यसैले मान्छे मान्छे भएर बाँच्न कोही कसैको दास हुनै सक्दैन । कोही कसैको प्राण लिन सक्दैन । छुवाछुट अनि जातभातको कुरा उठाई मान्छे–मान्छे भित्र विभेद गर्न पाउँदै पाउँदैन । त्यसैले हामीले समाजका थुप्रैं विकृति र विसंगतिहरूलाई जरैदेखि उखेलेर फाल्नुपर्छ । सकारात्मक सोचको विकास गरी समाजमा हामीले नयाँ पाइला चाल्नै पर्छ ।
विरोध केवल विरोधका लागि मात्र हुन सक्दैनन् । आधारभूत तथ्यलाई समेत हेर्न सक्नुपर्दछ । परम्परादेखि चल्दै आएका रीति रीवाजहरूलाई हामीले पनि सहर्ष स्वीकार गर्नु पर्दछ । तर चल्दै आइरहेका हाम्रा रीति रिवाजहरूले समाजमा के कसरी असर पारिरहेको छ ? त्यतातिर पनि हाम्रो ध्यान जानु आवश्यक देखिन्छ । किनकि समाज धनी र गरीबको मिश्रण हो । शोषक र शोषित वर्गको वर्ग संघर्ष हुने ठाउँ हो । त्यसैले आपूmले सकी नसकी केवल लोप लाजको लागि मात्र अपनाउँने रीति रीवाजले पक्कै पनि हाम्रो समाजमा नकरात्माक असर पारिरहेको हुन्छ । तसर्थ हामीले समाज परिवर्तन गर्नु छ भने बाङ्गातिङ्गा रीति रिवाजहरूलाई पाखा लगाउनै पर्छ । खोटो सिक्का बजारमा नचले जस्तो अन्धविश्वास र गरीबी ल्याउने रीति रिवाजहरूलाई सदाका लागि श्रदाञ्जली दिनैपर्छ । त्यसैले युगकविको मनमा लागेर होला एउटा कलमजीवीले यस्तो धारणा कवितामा पोख्न थाल्छन् ।
हेर्नुपर्छ सुन्नुपर्छ
जान्नुपर्छ, बुझ्नुपर्छ
बाङ्गो रीति खोटो चाल
उखेलेर फाल्नुपर्छ ।
जीर्ण, थात्रो र भत्किएका कुराहरूलाई आमूल परिवर्तन गरी नयाँ निर्माण गर्न हामी हामीमा एकजूट हुनै पर्दछ । काम नगरेका ती कुराहरूलाई पन्छाएर नयाँ संसार बनाउँन आजको युगमा कोल्टो फेर्नै पर्छ ।
हो, नागले काचुली फेरे भैंm, समयले ऋतु खोजे भैंm, आजको बालक भोलि वृद्ध हुन्दैछ । त्यसैले यो समयको माग हो । यो कालखण्डको इतिहास हो । जन्म र मृत्युको बीच बाटोमा हिँड्न मानव जीवनको अनुपम चाहना हो । हिजोको युगलाई त्यागेर आज नयाँ युगको शुरुवात गर्नु छ । मानव जीवनलाई चाहिने आवश्यक सामानहरू जुटाउनु छ ।
घर जीर्ण भएर कतैतिर भत्किसकेको छ । अब त टालटुल गरेर मात्र पुग्दैन । जीर्ण भएको घरलाई भत्काएर नयाँ संरचनामा निर्माण गर्नुपर्छ । होइन भने त्यो जीर्ण भएको घरमा को बस्न सक्छ ? त्यसैले काम नलागेको थोत्रो भई भत्किन लागेको जीर्ण युगलाई हामीले समालेर राख्नुको औचित्य के हुन सक्छ र ? समयले कोल्टो फेरे भैंm हामीले पनि युगलाई कोल्टो फेर्नुपर्छ । एउटा नवीनतम संसार रच्नका लागि सबैजना एकजूट भएर हाँसी हाँसी रथ ताने भैंm सबैको गन्तब्यमा हामी पुग्नै पर्छ । त्यसैले भत्किनुको अर्थ बन्नु हो । बन्नुको अर्थ संरचनालाई फेर्नु हो । तलदेखि माथिसम्म, माथिदेखि तलसम्म सम्पूर्णतामा आमूल परिवर्तन ल्याई नयाँ युगको निर्माणमा एउटा छुट्टै संसार बनाउँनु छ।
जीर्ण थोत्रो भत्किएको
युगलाई फेर्नुपर्छ
सबै मिली यौटा राम्रो
नयाँ संसार रच्नुपर्छ ।
आगोको झिल्को भैंm हामी मध्ये एक जनाले विगुल फुक्नु पर्छ । लाखौं लाख नौ जवानहरू सत्यको मार्गमा आवाज बुलन्द गर्दै सडकमा उत्रिने छ । परिवर्तनका लागि भविष्यमा सुख र शान्ति प्राप्तिका लागि हामी एकजूट भएर सडे गलेका शासकलाई पनि संधाका लागि अन्त्य गर्नै पर्छ । धमिरा लागी मक्कि सकेको त्यो काठलाई बाल्नु बाहेक अरु के पो बिकल्प हुन सक्छ ? फर्सी भैंm कुहिसकेको फलको के आशा गर्न सकिन्छ ? त्यसैले देशको मुहार फेर्न हो भने क्रान्तिको स्वरूप फेर्नु पर्छ । लाखौं लाख भूकम्प आए पनि ठेक्न सक्ने मजबूट जग हाल्न सक्नु पर्छ ।
हे युवा हौं । तिम्रो शान र मान पाएर देशले आफ्नो विकास गर्न सक्छ । तिम्रो हँसिलो मुहार हेरी तब मात्र देशले खुशी मनाउन सक्छ । त्यसैले तिमीहरू जाग्नु पर्छ, उठ्नु पर्छ, देश आपैm हिँडेर अगाडी बढ्ने छ । आकाशको त्यो नौं लाखे तारा जस्तै सबै एकचोटी चम्किनु पर्छ । मक्किसकेको शासन व्यवस्था हेर, अब कति दिन टिक्न सक्छ ? युगै युगसम्म जनतालाई शोषण गर्ने शोषक सामन्तीहरूको कथा आजभोलि नै समाप्त हुन्दैछ । सडे–गलेर फाल्नु पर्ने कुराहरू जतनसंग कहाँ राख्न सकिन्छ र ? सफा सुघर गरी हाम्रो देशलाई आज हामीहरू सबै मिलेर नुहाउनै पर्छ ।
स्वाभिमानी हामी नेपालीहरू आफ्नै पौरखले इतिहास कोर्न सकिन्छ । विदेशीको ईशाराले होइन् नेपाली जनताको इच्छाले शासन चलाउँनु पर्छ । आत्मनिर्भर भएर कसैसँग नझुकी हाम्रो देश नेपाललाई विश्वमा चिनाउँन सक्नुपर्दछ । त्यसैले यो देशको आह्वानमा नारा जुलुश होइन् सम्पूर्ण नेपालीहरू एकजूट भई आ–आफ्नो योगदान दिनु पर्दछ । देशको आह्वानमा हामी नेपालीहरू सबै एकजूट भई सहभागी हुनैपर्छ ।
तिम्रो एक सान पाए
नौ जवान लाख उठ्छन्
सडी गली, मक्कि रहेको
देश फेरी माथि उठ्छ ।
देशको उन्नति र समृद्धिका लागि देशभक्तीको माया हुनु पर्दोरहेछ । यो कर्मभूमिको धर्तीमा बसी हामीले माटोलाई खुशी पार्नु पर्नेरहेछ । जे छ आफ्नै अरुको होइन, भिख मागेर कति दिन पुग्छ ? आ–आफ्नो ठाउँबाट परिश्रम गरेर हेर विश्वकर्मा देवता पनि खुशी भएर हामी कहाँ पाइला टेक्न आउँछ । त्यसैले हामी एकजूट भएर जन्मभूमिको सेवा गर्नैपर्छ । एक दिन त मर्नु छ हामी मर्दा पनि मलामीको संख्या गन्न सकिन्छ ।

प्रकासित मिति२०७७–६–२५

फेसबुकबाट तपाईको प्रतिक्रिया