इक्रा नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा तुलसीराम गौतम नियुक्त

काठमाडौं,२० मंसिर  ।

इक्रा नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा तुलसीराम गौतम नियुक्त भएका छन् । गौतम मंगलबारबाट उक्त पदमा नियुक्त भएका हुन् ।

बैंकिङ तथा फाइनान्सको क्षेत्रमा ३० बर्षभन्दा बढी बिताएका गौतम यसभन्दा अघि माछापुछ्रे बैंकका सीइओ रहेका थिए । साथै उनी नेपाल एसबीआइ बैंकका प्रमुख कर्जा अधिकृत रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया