इजरायल नेपालबाट थप कामदार लैजान सकरात्मक

काठमाडौं १३ जेष्ठ–

नेपालबाट थप कामदार लैजान इजरायल सकरात्मक देखिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहले नेपाली कामदार बढाउने विषयमा सकरात्मक जवाफ दिएका हुन् ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ  ।

‘नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिनुभएको छ,’ इजरायलका लागि नेपाली राजदूत प्रलादकुमार प्रसाईले टेलिफोनमा भने ।

हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् । नेपाल र इजरायलबीत गत वर्ष साउनमा एम समझदारी भएसँगै नेपालबाट ‘पाइलट प्रोजेक्ट’ अन्तर्गत केयरगिभर कामदार लैजान बाटो खुलेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया