इटालीमा शक्तिशाली भूकम्प

बिजनेसपाटी ११ कार्तिक
इटालीमा लगातार दुईवटा शक्तिशाली भूकम्प गएका छन् । इटालीको मध्य क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । दुवै भूकम्प माचेराटा प्रान्तको भिस्सो केन्द्रविन्दु भएर गएको हो ।

नेपाली समय अनुसार बुधबार राति १० बजेर ५५ मिनेट जाँदा ५ दशमलव ५ रेक्टर स्केलको पहिलो भूकम्प गएको हो । त्यसको दुई घण्टापछि ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको सरकारी अधिकारीले बताएका छन् । भूकम्पका कारण भवनहरु भत्किएका छन् भने नागरिक सडकमा आएका छन् ।

तर मानवीय क्षति भएको खबर छैन । इटालीमा दुई महिना अघि गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पका कारण दुई सय ९८ जनाको ज्यान गएको थियो । बुधबारको भूकम्पको धक्का राजधानी रोमसहित मध्य इटालीको सबै क्षेत्रमा महसुस भएको थियो । भूकम्पका कारण धेरै जसो पुराना घर भत्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया