‘इतिहासमा नाम होस’ मा प्रविन चटौतको दमदार अभिनय (भिडियो सहित )

काठमाडौँ २ भदौ

आहिलेका चल्तीका मोडल प्रविन चटौतको अभिनयमा गज्जबको लोक–कोसेली ‘इतिहासमा नाम होस’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोकगायक हरि बिमर्शीको लय-शब्दमा रहेको यस गीतमा “बिमर्शी”र निमा सारुको युगल स्वर रहेको छ । प्रबिन चटौत, दिपिका थापा, सज्जन हमाल र सारिका के.सीको अभिनय रहेको यस म्युजिक भिडियोलाई प्रेम थापाले निर्देशन गरेका छन् ।  छायाकंन भने अजय रेग्मी र सम्पादन नबीन घर्ती मगरको रहेको छ । हमाल म्युजीकको प्रस्तुती रहेको सो गीतको भिडीयो म्युजीक नेपाल मार्फत हालै युट्युब मार्फत सार्बजनिक गरीएको हो ।prabin
एक अर्कालाई अथाह प्रेम गर्दागर्दै सफल हुन नसकेको बिषयबस्तुलाई उजागर गर्न खोजीएको उक्त गीतमासँगै जिउने उद्देश्य लिएर प्रेम गरिएको भएतापनि बिबिध कारणबस सफल हुन नसकेको र आफ्नो प्रेम कहानी दुनियाले पढ्ने गरी इतिहासमै नाम लेखिनुपर्ने भन्ने भावना समेटिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया