इन्ग्लिश क्लब आर्सनलद्वारा बसेल पराजित

एजेन्सी १३ लण्डन ।
च्याम्पियन्स लिग फुटबलमा इन्ग्लिश क्लब आर्सनलले बसेललाई पराजित गरेको छ । बुधबार राती भएको समुहचरणको दोस्रो खेलमा आर्सनलले स्विजरल्याण्डको बसेललाई २ – ० ले पराजित गरेको हो ।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले बसेललाई सुरुवातबाटै दबाबमा राखेको थियो । आर्सनलको जितमा दुवै गोल थियो वाल्कोटले गरे ।
आर्सनलले खेलको ७ औ मिनेटमा नै थियो वाल्कोटको गोलबाट सुरुआती अग्रता बनायो । त्यसपछि खेलको २६ औ मिनेटमा वाल्कोटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टोलीबाट गोल भएन र खेल आर्सनलले २ – ० ले जित्यो ।
जितसंगै समुह ए मा रहेको आर्सनलले २ खेलबाट ४ अंक जोडेको छ । र, समुहको शिर्ष स्थानमा छ । बुधबार राती नै लुडोगोरेट्सलाई ३ – १ ले पराजित गरेको फ्रान्सको पिएसजी दोस्रो स्थानमा रहेको छ । पिएसजीको समान ४ अंक भएपनि गोल अन्तरमा आर्सनलभन्दा पछि रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया