इन्टरनेशनल एकेडेमी फर फाइनान्सियल स्टडीजद्वारा तालिमको आयोजना


काठमाडौं, चैत २, २०८१ । इन्टरनेशनल एकेडेमी फर फाइनान्सियल स्टडीज (IAFS) ले सुमेरु सेक्युरिटिज प्रा. लि. (Broker No. 39) को प्राविधिक सहकार्यमा सेयर बजारमा दक्षता हासिल गर्न चाहने लगानीकर्ताहरूका लागि विशेष तालिम सञ्चालन गर्ने भएको छ। तालिम आउँदो चैत्र ८ र ९ गते ज्ञानेश्वर टाउर, काठमाडौंमा आयोजना गरिनेछ।
यस विशेष तालिमको उद्देश्य शेयर बजारसम्बन्धी सम्पूर्ण ज्ञान प्राप्त गर्ने, सही समयमा निर्णय गर्ने तथा लगानी रणनीति सुधार गर्ने रहेको छ । तालिममा सहभागीहरुले बजारको प्रवृत्ति बुझ्ने, बजारमा खरिद–विक्री गर्ने सही निर्णय गर्ने तथा शेयर बजारमा सफल लगानीकर्ता बन्ने आधारभूत सीप हासिल गर्नेछन् ।

तालिमका लागि दर्ता खुला
सीमित सिट उपलब्ध भएकाले इच्छुक व्यक्तिहरूलाई शीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ। तालिम ज्ञानेश्वर टाउर, काठमाडौंमा सञ्चालन हुनेछ। इच्छुक सहभागीहरूले अधिक जानकारीका लागि इन्टरनेशनल एकेडेमी फर फाइनान्सियल स्टडीजको वेबसाइट https://iafs.com.np/ वा iafsnepal@gmail.com इमेल मार्फत सम्पर्क गर्न सक्नेछन्। साथै, ९७६७९८३८८३ नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिनेछ।
सेयर बजारमा सफल हुन चाहने लगानीकर्ताहरूका लागि यो तालिम महत्वपूर्ण अवसर सावित हुनसक्ने आयोजक संस्थाले जनाएको छ।
अनुभवी प्रशिक्षकहरूको सहभागिता
तालिममा सेयर बजार विश्लेषण तथा लगानी रणनीतिका क्षेत्रमा विज्ञ प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्। प्रशिक्षकहरूको टोलीमा Mr. Vardan Giri, CFA, Mr. Yogesh Daruka, Market Analyst, र Mr. Priyanshu Agrawal (CFA), Managing Director – Sumeru Securities Pvt. Ltd. रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया