इन्डोनेशियामा यस्तो पनि : ट्राफिक जाममा फसे लाखौं मानिस, १२ को मृत्यु

,काठमाडौं २५ असार।

इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ ।

trafic_jam_indonesiya] पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ । जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् । इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो ।  इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ, जसको सवारी साधन जाममा फस्दा तातेको थियो । जबकी एक बच्चीको मृत्यु सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण भएको बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया