इन्भेष्टमेन्ट बैंकको ८ अर्व पुँजी पूरा

बिजनेसपाटी ११ अशोज
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो चुक्ता पुँजी ८ अर्व रुपैयाँ पुर्याएको छ । बैंकको २१ प्रतिशत बोनस सेयर मंगलवारको साधरणसभाले स्वीकृत गरेसंगै चुक्ता पुँजी आठ अर्व पुर्याएको हो ।

प्रेस विज्ञप्ती जारी गरेर बैंकले चुक्ता पुँजी आठ अर्ब ७१ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ। गत वर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको थियो। बोनस सेयरपछि नेपाल राष्ट्र बैंकद्वारा निर्धारित चुक्ता पुँजीको मापदण्ड पूरा गर्ने नेपाल इन्भेष्टमेण्ट पहिलो निजी क्षेत्रको बैंक बनेको छ। आब बैंकको कुल पुँजी कोष १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

बैंकको साधरणसभाबाट सञ्चालकमा भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठ चुनिएका छन् भने विनोदकुमार गुरागाईँलाई राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै सञ्चालकका रूपमा चुनिएको बैंकले जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। एस विकास बैंकको एक्वीजीशन प्रक्रिया चलिरहेको जानकारी समेत बैंकले दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया