इराकमा नेपाली युवतीको तस्कारी, १० युवती एक महिनादेखि उद्धारको पर्खाइमा

काठमाडौं, २१ फागुन ।

मानव तस्कार समुहबाट इराक पुयाइएका १० नेपाली युवती एकमहिनादेखि अलपत्र पारेका छन् । एक महिना अघि उनीहरुले उद्धारका लागि आग्रह गरे पनि अहिलेसम्ममा उद्धार हुन सकेको छैन । पछिल्लो समय बैदेशिक रोजगारीको प्रलोभनमा नेपाली युवती इराकमा पुरयाएर बिक्री हुने क्रम बढेको छ ।

अाजको नयाँ पत्रिकामा खबर छ– अलपत्र युवतीहरुको उद्धार हुन नसकेपनि यसबीच प्रहरीले उनीहरुलाई इराक पठाउने एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । रसुवा स्याफ्रुबेसीका साम्देन लामालाई महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेको हो ।

अलपत्र पारेका सबैलाई उनले नै इराक पठाएका हुन् । अलपत्र पारेकाहरुले खाना खानसमेत नपाएको तथा केटाकेटी घरमा बन्धक बनाएर शोषण गारिएको बताएका छन् ।

उनीहरुको उद्धारका लागि शक्ति समुहले पहल गरिरहेको छ । तर, इराक द्वन्द्वग्रस्त मुलुक भएको र त्यहाँ दुताबाससमेत नभएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । पीडितहरुमा धेरै रसुवा र सिन्धुपाल्चोकका युवतीहरु छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया