ईश्वरको पोखरेलको नयाँ गित आफ्नै च्यानलमा (भिडियो सहित )

अरुण गौतम, सिड्नी,अस्ट्रेलिया
सधैँ उत्कृष्ट गित आफ्ना स्रोताररुमाझ पस्किने चर्चित गायक”ईश्वर पोखरेल” गुल्मीमा जन्म भई पछी बसाईसराईको सिलसिलामा रुपन्देही बस्दै आएका छन्  । उनी करिब ७ वर्ष देखि पढाईको शिलशिलामा अस्ट्रेलिया आएका गायक हुन्। आफ्नो मोह संगीत र समाजसेवा लाई निरन्तरता दिई नै रहेका छन् उनि ।१५ बर्षे लामो उनको सांगीतिक यात्रामा दुई दर्जन भन्दा बढि गित गाईसकेका पोखरेलले दुई वटा एकल एल्बममा स्वर भरी सकेका छन्।
”रातो रीबनकाली मोरी”र “मैले झैँ मर्ने बारे सोँच्छेउ होला यदि म तिमी सँग भैन भने” जस्ता चर्चित गितहरूबाट दर्शक स्रोताहरूको मन जित्न सफल गायक तथा समाजसेवी ईश्वर पोखरेलको अर्को नयाँ कोसेली“तिमी जुन गहिराईमा छौ” भन्ने गित सार्वजनिक भएको छ।
हरि लम्सालको संगीत,कोमल मल्लको शव्द रहेको सो गितको म्युजिक भिडियो निर्देशन राजिब भुसालले गरेका छन् र गायिका सुमिना सिङ्गले साथ दिएको उक्त गित छायांकन अष्ट्रेलिया मै नै गरिएको छ।
वुवा-आमाले आफ्ना सन्तान प्रति गर्ने निस्वार्थ मायालाई पोखरेलले गितमा दर्शाएका छन्। गितको म्यूज़िक भिडियोमा स्वयम् गायक, उनको जिवनसंगिनी र दुई छोरीहरुको अभिनय देख्न सकिन्छ।

आफ्नै युट्युव च्यानलमा रिलिज गरियको यो गितको बिजनेसपाटीले समाचार सम्प्रेषण गर्दासम्म ६१०० भ्युज भई सकेको र गायक पोखरेलले आफ्ना फ्यान,आफन्त र सबै साथीहरुलाई आफ्नो च्यानल सब्सक्राइब गर्न समेत आव्हान गरेका छन्। बिजनेसपाटी परिवार ईश्वर पोखरेलको यो मिठो साँगितिक कोसेलीको सफलताको लागि लाई धेरै-घेरै शुभकामना दिन चाहन्छ ।

हामिले उहाँको गित यहाँ सुन्न सकिन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया