उकालो लाग्दै सुन–चाँदीको मूल्य

काठमाडौ, फागुन २१, २०२१ । सुनको मूल्य फेरि उकालो लागेको छ । आज (बुधबार) नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। आज सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आजको चाँदीको मूल्य प्रतितोला एक हजार ९५० रुपैयाँ कायम भएको छ । हिजो चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया