उच्च निर्यातका कारण जापानको आर्थिक वृद्धि अपेक्षाभन्दा बढी

टोकियो १ मङ्सिर

जापानको आर्थिक वृद्धि जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा अपेक्षाभन्दा बढीले वृद्धि भएको छ । उच्च निर्यातका कारण वृद्धिदर उकालो लागेको जनाइएको छ ।

सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन वार्षिक २.२ प्रतिशतका दरले वृद्धि भएको छ । जापानको आर्थिक वृद्धिदर उकालो लागेको यो लगातार तेस्रो त्रैमास हो ।

स्वदेशी मागमा आएको कमी पूर्ति गर्न जापानी फर्महरू विदेशी बिक्रीमा निर्भर रहँदै आएका छन् । गैरव्यापार अभिव्यक्ति वास्तविकतामा परिवर्तन भए अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कार्यकालले जापानलाई हानि पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

तर, निर्वाचन नतिजादेखि डलरसँगको विनिमयमा जापानी येन ओरालो लाग्दै आएको छ । यसले जापानी सामानलाई विदेशमा सस्तो बनाउँदै आएको छ । यो निर्यातकर्ताका लागि राम्रो समाचार हो ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र जुनसम्मको त्रैमासिक अवधिको तुलनामा ०.५ प्रतिशत बढीले विस्तार भएको छ । यो ०.२ प्रतिशत वृद्धि प्रक्षेपणको तुलनामा राम्रो हो । यो खबर प्रधानमन्त्री सिन्जो आबेका लागि राम्रो मानिएको छ ।

उनले अर्थतन्त्रलाई प्रोत्साहनका लागि अबेनोमिक्सको नामले चिनिँदै आएको मिश्रित आर्थिक नीतिलाई प्रयोगमा ल्याएका छन् । तर, मुलुक निर्यातमा निर्भर रहेकाले वृद्धिको गति टिकाउ नहुने विश्लेषकहरूले बताएका छन् ।

“जापानको उपभोग मुस्किलैले वृद्धि भएको छ र पुँजीगत खर्चमा पनि वृद्धि भएको छैन । त्यसैले जापान ठूलो परिमाणमा विदेशी बिक्रीमा निर्भर रहँदै आएको छ,” जापान म्याक्रो एडभाइजर्सका प्रमुख अर्थशास्त्री ताकुजी ओकुबोले भने ।

अगस्टमा मन्त्रिपरिषद्ले २ सय ८० खर्ब येन अर्थात् २ सय ७५ अर्ब डलरको आर्थिक प्रोत्साहन प्याकेज स्वीकृत गरेको थियो ।

यसलाई खर्चको माध्यमबाट वृद्धि बढाउने आबेको पछिल्लो प्रयासका रूपमा हेरिएको छ । यद्यपि यसको क्षेत्र र सम्भावित प्रभावप्रति व्यापक मात्रामा निराश रहँदै आएका छन् ।

गत महिना जापानको केन्द्रीय बैंकले आगामी २०१९ को मार्चसम्ममा मुद्रास्फीतिलाई २ प्रतिशत पु¥याउने विषयलाई जोड दिएको थियो । यो कदमले आर्थिक सुधारका बारेमा धेरै जिज्ञासा पैदा गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया