उत्तरको खतराविरुद्ध अमेरिकाको यस्तो कदम !

वासिङ्टन –२५ फागुन

अमेरिकाले एक विवादास्पद मिसाइल प्रतिरक्षा प्रणालीको पहिलो भाग दक्षिण कोरिया पठाउन सुरु गरेको जनाएको छ । आजको कान्तिपुरले यो खबर छापेको छ ।

उत्तर कोरियाको खतराविरुद्ध रक्षा गर्न डिजाइन गरिएको दि टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स सिस्टम (थाड) को पहिलो भाग दक्षिण कोरियामा पठाइएको हो ।

उत्तर कोरियाले एकै दिन चार ब्यालिस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्टैबाट उक्त प्रणाली लगाउन सुरु गरेको हो । यो प्रणालीले आफ्नो उडानमै छोटो र मध्यम दूरीको मिसाईललाई नष्ट गर्ने क्षमता राख्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया