उत्तरी अलेप्पोबाट २४ घण्टाभित्र आठ हजारभन्दा बढी बाहिरिए

दमासकस २ पौष

सिरियाको अलेप्पो सरहको उत्तरी भागबाट गत २४ घण्टाभित्र विद्रोही र उनका परिवारजन गरी आठ हजारभन्दा बढी व्यक्तिलाई बाहिर ल्याइएको छ ।

सो इलाकाबाट विद्रोही र उनको परिवार गरी आठ हजार ७९ जनालाई निकालेको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएको छ ।

विद्रोही र उनको परिवारको निकाल्ने कार्य अलेप्पो सहरको पूर्वी भागमा पनि जारी रहेको साना समाचार समितिले जानकारी दिएको छ ।

चार हजार विद्रोहीसहित करिब १५ हजार व्यक्तिलाई पूर्वी अलेप्पोबाट विस्थापित गरिएको छ । पूर्वी अलेप्पो छोडेका विद्रोहीलाई बसमार्फत ल्याइएको जनाइएको छ । बिरामी र घाइते व्यक्तिलाई भने एम्बुलेन्सबाट अलेप्पोबाहिर ल्याइएको छ ।

वर्षौको भीषण युद्धपछि सिरियाको अलेप्पो सहरमा बलियो प्रभाव रहेको विद्रोहीको कब्जाबाट सरकारी सेनाले सो सहर नियन्त्रणमा लिएपछि विद्रोही र सर्वधारणलाई त्यहाँबाट उद्धार गर्ने क्रम जारी रहेको छ । रासस÷सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया