उत्तर कोरियामा पक्राउ परेका अमेरिकी नागरिक को थिए ?

एजेन्सी सउल,

काठमाडौँ १० बैशाख

उत्तर कोरियाले एकजना अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ ।  एक महिनादेखि उत्तर कोरियामा रहेका ती अमेरिकी नागरिकलाई  अाइतबार बाहिर जान लाग्दा विमानस्थलमा पक्राउ गरिएको हो।

हिरासतमा राखिएका अमेरिकीको नाम किम भएको बताइएको छ। किमलाई किन पक्राउ गरिएको हो भन्ने कारण उत्तर कोरियाले खुलाएको छैन। दक्षिण कोरियाको समाचार संस्था यानहोपले पक्राउ परेका किम चीनको विश्वविद्यालयमा प्राध्यापक रहेको र एक महिनादेखि उत्तर कोरियामा रहेको जनाएको छ।

उत्तर कोरियाले पक्राउ गरेका उनी तेस्रो अमेरिकी हुन्। यसअघि उत्तर कोरियाले अन्य दुई अमेरिकीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।

पछिल्लो समय उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा तिक्तता बढिरहेको छ। कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तर कोरियाले अमेरिकी नागरिकलाई हिरासतमा लिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया