उत्तर कोरियाले कसरी जुटाउँछ आणविक खर्च ?

प्योङयाङ/बिबिसी : १० बैशाख

सन् १९५० सम्म उत्तर कोरिया एसियाको सबैभन्दा अधिक औद्योगिक देशमा एक थियो। तर आज उसको अर्थव्यवस्था निकै खस्किएको अवस्थामा छ। त्यतिमात्रै होइन अहिले उत्तर कोरियाली जनताको जीवन समेत कोरियाली प्रायद्वीपमा देखिएको तनाब र अमेरिकी युद्धपोतको तैनाथीले जोखिममा पारेको छ। यो तनाव परमाणु कार्यक्रम र लामो दुरीको मिसाइल विकसित गर्ने विषयले सिर्जना गरेको हो। उत्तर कोरियाले आफ्ना संस्थापक राष्ट्रपति किम इल सुङको १०५ औं जन्मजयन्ती १५ अप्रिलमा राजधानी प्योङयाङमा आयोजित परेडमा आफ्ना् सैन्य शक्ति प्रदर्शन गरेको छ। यसमा नयाँ इन्टरकन्टिनेन्टल व्यालेस्टिक मिसाइल र पनडुब्बीको प्रदर्शन समेत थियो। अमेरिका र दक्षिण कोरियाका अनुसार यसका अलवा उत्तर कोरियाले एक अन्य मिसाइलको परीक्षण पनि गरेको छ। यद्यपि सो परीक्षण असफल भएको छ। उत्तर कोरियाले पछिल्ला पाँच वर्षदेखि परमाणु तथा मिसाइल निर्माण तथा परीक्षणलाई तिव्रता दिएको छ। मिसाइल क्षमता उत्तर कोरियासँग अलग अलग क्षमताका एक हजारभन्दा बढी मिसाइल रहेको अनुमान छ। यिनीहरुमा अमेरिकासम्म मार हान्न सक्ने क्षमताका मिसाइल समेत रहेको बताइन्छ। संसारका केही देशले मात्रै यस प्रकारका विकसित र महंगो प्रविधिका हतियार विकसित गरिरहेका छन्। यद्यपि उसले आफ्नो मिसाइल कार्यक्रममा कहाँबाट र कसरी पैसा खर्च गरिरहेको छ त्यो त्यति स्पष्ट छैन। पहिलो कुरा यसका लागि विदेशी मुद्राको जरुरत पर्दछ। उत्तर कोरियाले केही अत्याधुनिक विदेशी प्रविधि हाँसिल गरेको छ, यसमा केही सेनाको आवश्यकताका लागि हो। उत्तर कोरिया संसारका केही त्यस्ता देशमा पर्दछ, जहाँको अर्थव्यवस्थामाथि केन्द्र सरकारको नियन्त्रण कायम छ। अर्थव्यवस्थाको आकार अमेरिकी गुप्तचर एजेन्सी सीआईएको वेबसाइटमा उत्तर कोरियाको अर्थव्यवस्था करिब ४० अरब डलर बराबरको रहेको अनुमान लगाइएको छ। यो होन्डुरसको जत्तिकै ठूलो अर्थव्यवस्था हो। उत्तर कोरियाको कुल निर्यात करिब पौने चार अरब अमेरिकी डलर बराबर रहेको छ। करिब यतिको निर्यात मोजाम्बिक र युरोपकै सानोमध्ये एक देश सन मारिनोको पनि छ।

जुन वस्तुको निर्यात उत्तर कोरियाले गर्दछ, त्यसमा खनिज, धातुबाट बनेका सामान, युद्ध सामग्री, कपडा, कृषि उत्पादन र माछा पर्दछन्। तर सवाल यो हो कि ल्याटिन अमेरिकाका गरिब देशको अर्थव्यवस्था भएको एक देश परमाणु कार्यक्रमको खर्च कसरी उठाउन सक्छ ? उत्तर कोरियाको प्रतिव्यक्ति क्रयशक्ति करिब १८ सय अमेरिकी डलरको छ, जुन रुवान्डा र हाइटीजस्ता देशको बराबर हो। यस मामलामा ऊ २३० देशको सूचीमा २०८ नम्बरमा रहेको छ। अकालबाट उठेको अर्थव्यवस्था उत्तर कोरियामा सन् १९९० को दशकमा भारी भोकमरीको अवस्था सिर्जना भएको थियो। यसबाट मुक्त हुनका लागि उसको अर्थतन्त्रलाई धेरै समय लाग्यो। सन् २००९ सम्म उसलाई अन्तर्राष्ट्रिय समुदायबाट खाद्य सहयोग प्राप्त नहुँदासम्म निकै कठिन बनेको थियो। यद्यपि हाल उसको घरेलु कृषि उत्पादनमा सुधार भएको छ। अब प्रश्न उठ्छ कि यसको खरिदकर्ता को हो ? चीन उत्तर कोरियाको मुख्य राजनीतिक सहयोगी हो। चीन उसको कुल उत्पादनको ५४ प्रतिशत किन्छ भने दोस्रो स्थानमा अल्जेरिया छ जसले उत्तर कोरियाको ३० प्रतिशत सामान खरिद गर्दछ। यसको अलावा उत्तर कोरियाको निर्यातको १६ प्रतिशत दक्षिण कोरिया जान्छ। छिमेकीसँग टकराव उत्तर कोरियाको छिमेकी राष्ट्र दक्षिण कोरियासँग उसको पुरानो टकराब रहेको छ। यति ठूलो टकराव एक अर्कोदेशबीच दोस्रो विश्वयुद्धपछि पहिलोपटक देखिएको हो। यसका बाबजुद दुवै देशलाई आफ्नो आर्थिक हितलाई बढावा दिइरहेका छन्। उत्तर कोरियामा दक्षिण कोरियाको लगानी उसको विदेशी मुद्राको महत्वपूर्ण स्रोतमा एक हो। दक्षिण कोरियाको सबैभन्दा महत्वपूर्ण लगानी केसाङ्ग औद्योगिक कम्प्लेक्समा छ। तर पछिल्ला दिनमा यसको भविष्य त्यति उज्वल देखिएको छैन। बुधबार दक्षिण कोरिया सरकारले मिसाइल परीक्षणपछि बढ्दो तनावबीच आफ्नो सहभागिता यसमा स्थगित गरेको छ। दक्षिण कोरियाले आफूहरु यस औद्योगिक कम्प्लेक्सबाट पैदा हुने संशाधन उत्तर कोरियाको सैनिक परियोजनामा खर्च नहोस् भन्नेमा स्पष्ट रहेको जनाएको छ। यसका अलवा अन्य केही देशले लगाएको आर्थिक प्रतिबन्धबाट उसको अर्थव्यवस्था कमजोर बनाएको छ। त्यसमा सबैभन्दा पछि जापानले प्रतिबन्ध लगाएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना जनताको त्याग रहुन्जेलसम्मका लागि परमाणु क्षमता विस्तार गर्नेछन्।
राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया