उद्योगहरु राजधानीबाहिर सार्ने घोषणा
काठमाडौं ६ असार-
अध्ययन नै नगरी सरकाले राजधानीका औद्योगिक क्षेत्रमा रहेका उद्योगलाई उपत्यकाबाहिर सर्ने तयारी गरेको छ ।आजको कारोबार दैनिकमा खबर छ ।उद्योग मन्त्रालयले बजेटमा उल्लेख भए पनि उद्योगहरुलाई कहाँ सार्ने भन्नेमा कुनै अध्ययन अनुसन्धान नभएको जनाएको छ ।
२ वर्षभित्र औद्योगिक क्षेत्रका उद्योगहरु राजधानीबाहिर सार्ने घोषणा भए पनि कार्यान्वयन असम्भव रहेको सरोकारवालाहरु बताउँछन् ।सरकारले आर्थिक वर्ष २०७२/७४को बजेटमार्फत उपत्यका बाहिर सार्ने घोषणा गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया