उद्योग व्यवसायमा बन्द हड्ताल गर्न कानूनी रुपमै प्रतिबन्ध

काठमाडौं १४ अशोज
उद्योग व्यवसायमा अबदेखि बन्द हड्ताल गर्न कानूनी रुपमै प्रतिबन्ध लागेको छ । संसदको पूर्ण सदनबाट बिहीबार पारित औद्योगिक व्यवसायसम्बन्धी ऐनले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार उद्योगको सञ्चालन तथा उत्पादनमा असर पर्ने गरी बन्द हडताल जस्ता कामकारबाही गर्न पाइने छैन । २४ वर्षपछि आएको उक्त ऐनको औद्योगिक जनशक्ति र श्रमिकको अधिकारसम्बन्धि दफामा उक्त व्यवस्था गरिएको छ । यसअघि २०४९ मा ऐन आएको थियो ।
जुन मुलुकलाइ उदारीकरणतर्फ प्रवेश गराउने प्रमुख कानुन थियो । त्यसयता बारम्बार प्रयास भए पनि संसदबाट नयाँ ऐन आउन सकेको थिएन । नयाँ ऐनले औद्योगिक वातावरण फस्टाउन ठूलो सहयोग पुगेको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए । ‘अब औद्योगिक क्षेत्रको विकास तथा विस्तारमा सहयोग पर्याउनेछ’ उनले भने । तर हड्ताल गर्न पनइने व्यवस्था कार्यान्वयनमा भने निजी क्षेत्रले संशय व्यक्त गरेको छ । ऐन आउनु राम्रो कुरा हो उद्योगी विनोद चौधरीले भने ‘यसको कार्यान्वयन भए नभएको कसले हेर्ने हो ।’ यसैगरी ऐनले काम गरेको समयमा ज्याला दिनु नपर्ने व्यवस्था पनि गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया