उन्नति माइक्रोफाइनान्सकाे आइपीओ स्वीकृत

बिजनेसपाटी २ पुस

उन्नति माइक्राेफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको एक लाख ६५ हजार कित्ता आईपीओ धितोपत्र बोडबाट शुक्रबार स्वीकृत भएको छ । कम्पनीले  दुर्इ महिना भित्रमा  अाइपीअाे जारी गरिसक्नेछ ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको आइपिओ पश्चात चुक्ता पूँजी ५ करोड ५० लाख पुग्नेछ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत दश जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा कम्पनीले  ४५ लाख १० हजार रुपैयाँ खुद नाफा नाफा कमाएको छ । कम्पनीको जगेडा कोषमा एक करोड ९३ लाख रुपैयाँ सञ्चित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया