उपचार खर्चका नाममा सरकारले बाँड्यो एकै दिन करोड (कस-कसले पाए सूचि सहित)

बिजनेसपाटी १३ अशोज

 आफू निकट व्यक्तिलाई सरकारले उपचार खर्चका नाममा एकै दिन १  करोड ३  लाख रुपैयाँ बाँडेको छ । मन्त्रिपरिषद बैठकले उपचार खर्चका नाममा विभिन्न जिल्लाका ४४ जनालाई१ करोड तीन लाख रुपैयाँ बाँडेको हो । गृहमन्त्रालयको प्रस्तावमा सरकारले ५० हजारदेखि पाँच लाखसम्म बाँडेको हो।

 राज्यकोषबाट जथाभावी सहायता वितरण गरेको भन्दै व्यवस्थापिका संसदको अर्थ समितिले कार्यविधी बनाएर मात्रै वितरण गर्न भनेपनि अहिलेसम्म कार्यविधि बनाएको छैन ।   विना आधार सरकारले भने उपचार खर्चका नाममा आफू निकट व्यक्तिलाई पैसा बाँड्ने गरेको छ।

गृह सहसचिव यादव कोइरालाले उपचार खर्चका लागि सहायता उपलब्ध गराउन सरकारलाई सिफासिर गरे अनुसार मन्त्रिपरिषदले निर्णय गरेको बताए । ‘ आर्थिक स्थिति कमजोर भएका व्यक्तिलाई उपचार खर्च उपलब्ध गराउन मन्त्रिपरिषदमा सिफारिस गरेअनुसार सरकारले निर्णय गरेको हो,’ उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया